“रस प्रेम”

हे निल गगन तिमीलाई
सेता र काला बादलले ढाकिदिदा ‌।।

हे पवित्र पवन तिम्रो झोक्काले
हरिया रुखका पातहरु हल्लाईदिदा ।।

हे मध्य आकाश तिम्रो आलिंगनमा
चौरासी चराहरुले चिर चिर गरि खेलिदिदा ।।

मलाई पनि कौतुहलताले उत्साही बनाइदिन्छ
कि म  सधै प्रकृति संग मित लगाई बसु ।।

हे काला बादलका मुस्लाहरु
तिमि हल्का हल्का फाटीदिदा ।।

सेतो बादल देखि मुस्कुराएका हिमालका चुलीहरू
इन्द्रेणीको सातै  रंगमा लुटपुटिरहेछन ।।

अनि आखिझयाल बाट चिहाइरहेका दुई आखाहरू
उजाड वृक्ष रुदाको पिडामा छटपटाईरहेछन ।।

अनि सुर्यका कलिला किरणहरुले दिएको समुज्ज्वलतामा
पृथीवि माथि गुडीएका अचल सम्पतिहरु रमाईरहेछन ।।

र भन्न मन लाग्छ आफ्नो जरा फैलाएर मन्त्र मुग्ध भैरहेका जडिबुटीहरु
शक्तिको संसारमा रस प्रेमले अजम्बरी छन् ।।

धन्यवाद ।